• schedule मङ्लबार, साउन ७, २०७६

    पुरुष हक्कीमा १६२ र महिलातर्फ १०८ खेलाडी सहभागी

    २६ चैत्र २०७५, मंगलवार १८:१२

    Sharing is caring!

    बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत हक्की प्रतियोगिता भोेलिदेखि नेपालगन्जमा हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता बिहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

    पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने छन्भने महिलातर्फ  १०८ जनाले सहभागिता जनाउने हक्कीका मुख्य प्रशिक्षक पिन्टु शर्माले जानकारी दिए ।

    उनका अनुसार हक्की प्रतियोगितामा महिलातर्फका ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ५ नं. प्रदेश र कर्णाली प्रदेशको सहभागिता नहुने भएको हक्की प्रतियोगिताका प्राविधिक प्रमुख रञ्जन थापाले जनाए ।

    उनका अनुसार, प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक र प्रशिक्षक नेपालगन्ज आइसकेका छन् । प्रतियोगिताको तयारी पूरा भइसकेको उनले बताए ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com