सोमवार, बैशाख ६, २०७८

निर्णय पुनःविचार गर्न कांग्रेसका ५४ जिल्ला सभापतिहरुकाे आग्रह

२१ चैत्र २०७५, बिहीबार १५:५८
15 Shares

काठमाडौ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिको निर्णय पुनःविचार गर्न आग्रह गरेका छन् ।

बुधबारदेखि काठमाडौँमा शुरु भएको जिल्ला सभापतिको दुईदिने भेलाका सहभागीले स्वतः प्रतिनिधि हुने व्यवस्था हट्नु पर्ने र आरक्षणको सुविधा दाेरिन नहुने
व्यवस्था गर्न केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने लगायतका निर्णय गरेकाे भेलामा सहभागि सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।

दुईदिनसम्म भएकाे छलफलमा ४४ जना जिल्ला सभापतिहरुकाे सहभागिताका साथै १० जना जिल्ला सभापतिहरुले उपस्थित हुन नसकेपनि समर्थन जनाएकाे सभापति रेग्मीले जानकारी दिए । कर्णाली प्रदेशका १० जिल्ला सभापति मध्ये हुम्ला बाहेक ९ जना भेलामा सहभागि रहेकाे सभापित रेग्मीले जानकारी दिएका छन् ।

सभापतिहरुकाे भेलाले गरेका सबै निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने सभापति रेग्मीले जनाएका छन् ।

गत मंसिर २८ देखि पुस ८ सम्म भएको कांग्रेस महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
15 Shares
Tweet
Pin
Share