• schedule मङ्लबार, साउन ७, २०७६

    कहिले बन्ने ? सुर्खेत तेलपानी भुरीगाउँ सडक (भिडियो सहित)

    १८ चैत्र २०७५, सोमबार १६:४६

    Sharing is caring!

    सुर्खेत  ।  सुर्खेत तेलपानी भुरीगाउँ सडक निर्माण थालेको दुई दशक नाघि सक्यो तर पनि तराई र भित्रि मधेश जोड्ने यो छोटो सडक अझै पुरा हुन सकेको छैन ।

    कहिले वन तथा पर्यावरणको समस्या त कहिले बजेटको समस्या भोग्दै आएको सुर्खेत तेलपानी भुरीगाउँ सडकले निर्माण व्यवसायीको ढिलासुस्ती पनि खेपेकै हो । गत चार वर्षको अवधिमा त बजेट नै नपरेपछि सडक निर्माणको चर्चा हुने कुरो भएन ।

    सरकारको प्राथमिकतामा नपर्दा कर्णाली प्रदेशलाई तराईंसँग जोड्ने छोटो दुरीको सुर्खेत तेलपानी भुरीगाउँ सडकको निर्माण कार्य चार वर्ष त ठप्प हुन पुग्यो । चार वर्ष देखि सरकारले बजेट नछुट्याएका कारण सडक निर्माणको कार्य हुन नसकेकाे डिभिजन सडक कार्यालय सुर्खेतले जनाएकाे छ ।

    बर्दिया निकुञ्जको आम्बासादेखि सुर्खेतको तेलपानी हुँदै वीरेन्द्रनगरसम्मको ५२ किलोमिटर सडक खण्डको अधिकांश भागमा ट्रयाक खुलेपनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पुरा हुन सकेको छैन । कर्णाली प्रदेशलाई तराईंका जिल्लासँग जोडेर पर्यटन तथा व्यापार व्यवसायका लागि महत्वूुर्ण मानिएको तेलपानी भुरीगाउँ सडक केद्रीय योजनामा समेत पर्न सकेन ।

    सुर्खेत तेलपानी भुरीगाउँ सडक (भिडियो सहित)

     

     

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com