सोमवार, बैशाख ६, २०७८

तराई कांग्रेसको प्राण : वरिष्ठ नेता पौडेल

१४ चैत्र २०७५, बिहीबार ०७:४६
13 Shares

धनुषा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । धनुषाको शहीद नगर नगरपालिकामा वुधबार आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई कांग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए ।

उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । “अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उनले भने ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
13 Shares
Tweet
Pin
Share