सोमवार, बैशाख ६, २०७८

विद्यालय भवन हस्तान्तरण

१२ चैत्र २०७५, मंगलवार ०८:००
14 Shares

रुपन्देही । ‘लेडिज सर्कल नेपाल’को सहयोगमा बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको अमारी प्राविको निर्मित भवन साेमबार हस्तान्तरण गरिएको छ ।

विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने सो चार कोठे भवन राउण्ड टेबल नेपालको रु चार लाख तथा सर्कल नेपालको रु १६ लाखको लागतमा निर्माण गरिएको हो । सो भवनको प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्घाटन गरे । लेडिज सर्कल नेपालका अध्यक्ष आरती अग्रवालले संस्थाले शिक्षाको गुणस्तर बढाउन विद्यालय क्षेत्रमा लगानी गरेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका सदस्य राजेश अग्रवाल, समाजसेवी नारदप्रसाद अग्रवाल, राउण्ड टेबलका अध्यक्ष रबी खेतान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम यादवलगायतले सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
14 Shares
Tweet
Pin
Share