आइतवार, बैशाख ५, २०७८

कांग्रेसकाे नेतृत्वको कार्यशैली सन्तोषजनक छैन – नेता सिंह

११ चैत्र २०७५, सोमबार १८:४७
48 Shares

इलाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले समायअनुसार परिचालन हुन नसके समस्या हुने बताएका छन् । सोमवार इलाममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले नेतृत्वको कार्यशैली सन्तोषजनक नरहेको जनाउदै देशको भरोसाको रूपमा स्थापित हुनु पर्ने कांग्रेस पार्टी कम्जोर रूपमा प्रस्तुत भएको स्विकार गरे । सरकार निरंकुश शैलीमा अघि बढ्दै गएको अवस्थामा कांग्रेसले आफुलाई सुधारेर यस्ता गतिविधिको प्रतिवाद गर्नु पर्ने मा त्यसो हुन नसकेको उनले बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले दुई तिहाईको दम्भमा नेपाल कप्युनिष्ट पार्टीले प्रधानमन्त्रीलाई संविधान विपरित शक्तिशाली बनाउदै लगेको बताए । उनले भने ‘यसले निरंकुशतातर्फ सरकार र नेकपा ढल्कदै गएको प्रस्ट हुन्छ ।’ पार्टीलाई जिवन्त र व्यवस्थित बनाउदै युवा पुस्तालाई अबसर दिएर मुलुक निर्माणमा अघि बढाउनु पर्नेमा उनको तर्क रहेको छ । नेता सिंहले नेपाली कांग्रेसले हरेक ठुला परिवर्तनमा नेतृत्व गरेको स्मरण गराउँदै समृद्धि र आर्थिक उन्नतीको नेतृत्वका लागि पनि कांग्रेस तयार हुनु पर्ने धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थाथानीले नेतृत्वको रोग कार्यकर्तासम्म पुग्दा पछिल्लो समय पार्टीले हार व्यहोरेको बताए । उनले निरूत्साहित हुने अवस्था नभए पनि कम्जोरीलाई सच्याएर संगठन सुदृढीकरणमा लाग्नुको विकल्प नरहेको बताए । अर्का केन्द्रिय सदस्य सरिता प्रसाईले सरकारका काम कारवाहीले हरेक कार्यकर्ता दबाबमा परेको भन्दै उनीहरूलाई उत्साह प्रदान गर्न पार्टीले ठोस पहल गर्नु पर्ने धारणा राखीन् ।

कार्यक्रममा इलामका कांग्रेस सभापति हिमालय कर्मचार्य, पाँचथर कांग्रेस सभापति नरेन्द्र केरूङ, काठमाडौं सभापति सबुझ कृष्ण बानिया लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
48 Shares
Tweet
Pin
Share