सोमवार, बैशाख ६, २०७८

कर्णाली नदीको फोटो प्रदर्शनी

११ चैत्र २०७५, सोमबार १७:१७
100 Shares

सुर्खेत । सोमवारदेखि सुर्खेतमा कर्णाली नदीको फोटो प्रदर्शनी सुरु भएको छ । कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सो प्रदर्शनीको उद्घाटन गरेका हुन् ।


नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले कर्णाली नदीको मुहानदेखि पुछारसम्मको ४४ दिनको अध्ययन भ्रमणपछि कर्णाली नदीको मुहान राक्षस ताल नभइ तिव्वतको माप्चा चुंगो (मयुरको प्वाँख)बाट आएको पानी भएको पाइएको जानकारी दिए । उनले कर्णाली नदीको संरक्षण गर्न जरुरी रहेकोले आफूहरुले नदी सम्मेलन गर्न लागेको जानकारी दिए । यही चैत १४ गतेदेखि दैलेखको राकम कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन गर्न लागिएको छ ।

नदीहरुलाई दोहोन होइन संरक्षण गर्न जरुरी रहेको सन्देश दिनका लागि नदी सम्मेलन गर्न लागिएको अध्यक्ष आलेले बताए । ऊर्जा, कृषि र पर्यटनका लागि कर्णाली नदी उत्तम भएकोले यसको जैविक विविधिता जोगाउन कर्णाली प्रदेश सरकारलाई उनले सुझाव दिए । सम्मेलनमा नदी विज्ञ, संरक्षणकर्ताहरु लगायतको उपस्थिति हुने बताइएको छ ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली नदीको फोटो प्रदर्शनी र नदी सम्मेलनले कर्णाली नदीको भ्रम हटाइ नयाँ बास्तविकता उजागर हुने बताए । उनले प्रदेशकै गौरव कर्णाली नदीको जैविक विविधता बचाउनका लागि थालिएको कामको सह्राना गर्दै प्रदेश सरकार पनि गम्भीर रहेको जनाए । उद्घाटन पछि मन्त्री बुढा सहितले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
100 Shares
Tweet
Pin
Share