सरकार हर क्षेत्रमा असफल : कांग्रेस नेता सिंह
१० चैत्र २०७५, आईतवार १८:२८झापा । नेपाली कांग्रेस झापाले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै कांग्रेस नेता प्रकाशमान सिंहले एक बर्षकाे अवधि पूरा गर्दा सरकार हर क्षेत्रमा असफल भएकाे बताएका छन् । उनले काम भन्दा भाषण र सस्तो लाेकप्रियतामा रमाई रहेकाले सरकारले जनअपेक्क्षा बुझन नसककाे बताए । मुलुक भित्रकाे व्यवसायीहरुलाई आस्वस्थ बनाउन नसक्ने बिकास बजेट समेत खर्च गर्न नसक्ने सरकारले लगानी सम्मेलन गर्नुकाे कुनै तुक नहुने समेत उनकाे भनाइ छ ।
कांग्रेस नेता सिंहले सरकार सुरक्षा परिषद्लाई बाई पास गरि कम्जोर बनाएर प्रधानमन्त्री नै सर्बेसर्वा बनाउन खाेजिनुले सरकारकाे नियत माथि नै आशंका उब्जाएकाे भन्दै सरकारकाे साे खाेट पूर्ण निर्णय प्रति आपत्ति ब्यक्त गरेका छन् ।
कांग्रेस नेता सिंहले कांग्रेस भित्र बिधिसम्वत निर्णय गर्ने पद्धती नहुँदा कमजोर बनेकाे बताएका छन् । उनले पार्टी भित्र कार्यकताकाे उचित मुल्यांकन नगरी तेराे मेराे भन्ने कुरा हावी भएकाले गत सबै निर्वाचनमा पराजय भाेग्नु परेकाे कुरा गम्भीरताका साथ समिक्षा हुनु पर्ने बिचार ब्यकत गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले आगामी दिन मुलुक र पार्टीका लागि अत्यन्तै चुनाैतिपुर्ण रहेकाले सबै नेता कार्यकताहरु जिम्मेवार बनेर समय अनुकुल निर्णय लिएर अगाडि बढाउनु पर्नेमा आफ्नाे प्रयास रहेकाे समेत बताएका छन् । उनले पार्टी भित्रका कुरा नबाेलु नहुने बाेले बिराेध गरेकाे देखिने भएता पनि आफु बाध्य भयर बाेल्नु परेकाे भन्दै बिधान सम्वत पार्टी संचालन गर्ने नसकेकाले अहिलेकाे नेतृत्व असफल भएकाे बताए ।
कांग्रेस नेता सिंहले बिधानले निर्देशित गरेका कामहरु गर्ने हाे भने सबै तहका नेता कार्यकर्ताले काम गर्ने जिम्मेवारी पाउने कुरामा समेत अहिलेसम्म कुनै चासाे नदिनु दुखद रहेकाे बताउँदै बिधान अनुसार चलाउनुस् बिधान त सबैले मानु भन्नू त आफ्नाे दायीत्व रहेकाले बाेल्नै परेकाे समेत उन काे भनाई छ ।उनले पार्टीकाे बिधान पन्छाएर राजनीतिक सहमतिका नाउमा गरियका सहमति र सम्झौताले पार्टी दिनानु दिन कम्जाेर बन्दै गएकाे बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु भिस्मराज आङदाङ्बे, हृदयराम थानी, सरिता प्रशाईं, काठमाडौ सभापति सबुझ बानिया पाँचथर सभापति नरेन्द्र केरुङ लगायतले आ-आफ्नाे धारणा राखेका थिए भने कार्यक्रम नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धब थापाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । कांग्रेस नेता सिंह वूर्वका जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाटकाे क्रममा आज झापा जिल्ला पुगेका हुन् ।