जनमत संग्रह अहिले आवश्यक छैन : वरिष्ठ नेता पौडेल
९ चैत्र २०७५, शनिबार १२:०२सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधमान समयमा कांग्रेसले जनमत संग्रहको माग गर्न नहुने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले आफ्नो अधिकार बढाउने कार्य ठीक नभएको बताउँदै लोकतन्त्रका लागि समेत सो कार्य घातक हुने स्पष्ट पारे । विधममान समयमा प्रमुख प्रतिपक्षी दलको भूमिका पर्याप्त हुन नसकेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले पद प्रतिष्ठा भन्दा पार्टी जोगाउने र बनाउने कार्यमा कांग्रेस लाग्नुपर्ने बताए ।