प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ
७ चैत्र २०७५, बिहीबार ११:३८काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ३ ‘बी’ को शेयर खरीद गरी जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् ।
त्रिशुली–३(बी) आयोजना सम्पन्न गर्न ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गत शेयर खुला गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीकाे ट्वीटरमा उल्लेख छ । उनले ट्वीटरमा भनेका छन्-भर्खरै मैले १० हजार कित्ता शेयर खरिद आवेदन दिएँ। आफ्नो देश आफैं बनाउन म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा आह्वान गर्दछु।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए ।
यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।
आज त्रिशुली–३(बी) आयोजना सम्पन्न गर्न ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गन शेयर खुला गरिएको छ।भर्खरै मैले १० हजार कित्ता शेयर खरिद आवेदन दिएँ।आफ्नो देश आफैं बनाउन म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा आह्वान गर्दछु। pic.twitter.com/B77zdxMzP9
— KP Sharma Oli (@PM_Nepal) March 21, 2019