• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    विदेश गएका युवा पुस्ता लक्षित गीत ‘म परदेशी’

    ५ चैत्र २०७५, मंगलवार १४:५३

    कलाकार रमेश खत्री पौडेलको नयाँ लाेक दाेहाेरी गीत ‘म परदेशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    पूर्णकला बि सी र मुकेश भट्ट (बासुदेव) को आवाज रहेको छ गीतमा शब्द संकलन रमेश खत्री पौडेल र लय मुकेश भट्ट (बासुदेव) ले गरेका हुन् । गीत सङ्गीत एउटा जीबनको दुख सुखको साथी हो, जब जीवन, घर, परिवार, समाज, स्थान, कला र साँस्कृतिसँग मेल खान्छ तब जीवनको दर्शन गीतबाट सबैको सामु भाव विलौना पोखिन्छ । घर परिवार छाडेर वैदेशिक रोजगारीमा विदेश गएका युवा पुस्तामा लक्षित गरेर खत्रीले यो गीत तयार पारेका छन् ।

    विक्रम चौहानले निर्देशन गरेको उक्त गीतको भिडियोमा नायिका जुनु गुरुङले अभिनय गरेकी छिन्, भिडियोमा रमेश खत्री आफुले पनि अभिनय गरेका छन्। भिडियो निर्माण बि.स्टार फिल्म्स प्रा.लि.ले गरेको छ ।

    भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक विक्रम चौहानले बताए । प्रकाश खड्काले छायाँकन र मिलन वि.क.ले सम्पादन गरेकाे यो गीत विनोद बाजुरेलीले एरेन्ज गरेका हुन् । मालश्री स्टुडियोले तयार पारेको यो गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe