आइतवार, बैशाख ५, २०७८

प्रदेश आयोगद्वारा सुझाव संकलन

१ चैत्र २०७५, शुक्रबार १८:३६

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि शुक्रवार सुझाव संकलन गरेको छ । आयोगले स्थानीय तहदेखि नै सही तथ्यांकहरु आउन सके योजना निर्माणमा सघाउ पुग्ने उद्देश्यले प्रथम आवधिक योजना बनाउन सो सुझाव संकलन गरेको हो ।

कार्यक्रममा आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको संक्षिप्त प्रोफाइलवारे जानकारी दिए । उनले आयोग तथ्यांकहरु केलाउनेदेखि अहिले विभिन्न सरोकारवाला पक्षसंग रायसुझाव संकलन गर्ने कार्यसमेत थालेको जनाए । संक्षिप्त प्रोफाइलमा जसमा परिचय, पृष्ठभूमि, विकासका समस्या, सम्भावना र अवसर, मुख्य चुनौती, उद्देश्य, अवलम्बन, तथ्यांक स्रोत, पाश्र्वचित्रको उपादेयता र सीमा निर्धारण गरिएको छ ।

प्रोफाइलमा प्रदेशको इतिहास, सामाजिक तथा आर्थिक अवस्था, आर्थिक प्रतिष्ठान र जनसंलग्नता, उद्योग, ?म, सडक, यातायात, जनसंख्या, शिक्षा, स्वास्थ्य, पर्यटन, गरिवी, वन वातावरणलगायत हरेक क्षेत्रको तथ्यांक समेट्ने कोशिस गरिएको आयोगका सदस्य शाहीले बताए ।

मानव सूचकांकमा कर्णाली प्रदेश ०.४३ रहेको, सरदर आयु ६७ बर्ष, र बाल मृत्युदर ५४ जना रहेका छन् । सडक पूर्वाधारमा कूल यस प्रदेशमा एक हजार १५२ किमी निर्माण भएको, खानेपानीको पहुँच ६४ प्रतिशत र विद्युतको पहुँच २० प्रतिशतमात्र रहेको प्रोफाइलमा उल्लेख छ । गरिवीको रेखामुनि रहेको जनसंख्या ३६ प्रतिशत, बहुआयामिक गरिवी दर ५१ प्रतिशत, बैदेशिक रोजगारीमा जाने १५ प्रतिशत रहेको छ । उनले अहिले आयोगले प्रदेशका समस्याहरु चिन्ने प्रयत्न गरिरहेको र सम्भावना र अवसरहरु खुट्याउने काम गरिरहेको जानकारी दिए ।

कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले सीमित साधन र स्रोतको अधिक उपयोग हुने योजनाहरु बनाउन जोड दिए । साथै स्रोत साधन नदोहो¥याउने योजना पनि आउनुपर्ने उल्लेख गरेभने प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पूण्यप्रसाद रेग्मी, सदस्य डा. दिपेन्द्र रोकायाले पनि प्राप्त सुझावहरुलाई प्रोफाइलमा समेटिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्यलगायत स्थानीय तहका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share