सोमवार, बैशाख ६, २०७८

जनकपुर–पटना बस सेवा सञ्चालन

१ आश्विन २०७५, सोमबार ०७:२५

जनकपुर । जनकपुरबाट भारतको पटनासम्म बस सेवा सञ्चालनमा आएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश राय र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले आइतबार संयुक्त रूपमा हरियो झन्डा देखाएर बस सेवाको शुभारम्भ गरेका हुन् ।
जनकपुरबाट पटनासम्म बस सेवा सञ्चालनमा आएपछि हजारौं नेपाली स्वास्थ्य उपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक भ्रमणका लागि भारतका विभिन्न सहर जान्छन् । पटनासम्मका लागि जनकपुरबाटै बस सेवा सञ्चालनमा आएपछि नेपालीले यसबाट लाभ लिनेछन् ।

जनकपुरबाट पटनासम्म करिब २२५ किलोमिटर दूरी रहेको छ । यसका लागि ४४० नेपाली रुपैयाँ र पटनाबाट जनकपुरसम्मका लागि २७५ भारतीय रुपैयाँ भाडा निर्धारण गरिएको छ । अाजकाे राजधानीमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share