आइतवार, बैशाख ५, २०७८

ठूलो ब्यूरेनीमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते

३० भाद्र २०७५, शनिबार १५:२५
21 Shares

सुर्खेत । सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट दैलेख जाँदै गरेको बस शनिवार दिउसो दुई बस ठोक्कीदा उनीहरु घाइते भएका छन् । रत्न रागमार्गको सुर्खेत नेपालगञ्ज सडक खण्डको ठूलो ब्यूरेनीमा बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन् ।


घाइतेहरुको माया नर्सिङ्ग होममा उपचार भइरहेको छ । नेपालगञ्जबाट दैलेख जाँदै ना ४ ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्बरको बस ब्यूरेनीको मोडमा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिएका छन् ।


दुर्घटनाको कारण भने नखुले पनि प्रहरीले अनुसन्धान अघि बढाएको एसपी रजौरे बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
21 Shares
Tweet
Pin
Share