आइतवार, बैशाख ५, २०७८

नेता पौडेल युरोप प्रस्थान

३० भाद्र २०७५, शनिबार ०८:१४

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी शुक्रबार साँझ युरोप प्रस्थान गरेका हुन् ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share