आइतवार, बैशाख ५, २०७८

हात गुम्यो, हिम्मत गुमेन

३० भाद्र २०७५, शनिबार ०७:५७

बुटवल।
बगरमा फूल फुलाउँछु
बसन्तलाई यही बोलाउँछु
मेरो दुई पाउ छन् अजम्बरी
म हिम्मत भा’की छोरी
गर्नुपर्छ मिहिनेत हुन सक्छ असजिलो
असम्भव केही छैन, सबै सजिलो
भोकै रहूँ, नखाऊँ दुई हात जोडी हात
म त हिम्मत भा’की छोरी

यो गीत गाएकी हुन्– दुवै हात करेन्ट लागेर गुमाएकी कपिलवस्तु वाणगंगा नगरपालिका–६, धमकौलीकी रूपा रौतारले । रूपाका लागि २०६२ सालको भदौ कहिल्यै नबिर्सने दिन बन्यो । सिमसिम पानी परिरहेको थियो । आमा इन्द्रकला रूपालाई नजिकैको होराइजन स्कुलमा भर्ना गरेर घर आउँदै थिइन्।

बाबा विष्णुप्रसाद मलेसियामा काम गर्थे । चिठी लेखाउन रूपासँगै आमा इन्द्रकला छिमेकीको घरमा बसे । त्यहाँ पुगेसँगै चार वर्षीया रूपा निदाइन् । इन्द्रकलाले चिठी लेखाउँदै गर्दा निदाएकी रूपा एक्कासि उठेर घरको छतमा पुगिछन् । उनको नजिकै रहेको बिजुलीको तारमा हात छोइएछ । लगत्तै ठूलो आवाज आयो । इन्द्रकला हतारिँदै छोरीको खोजीमा छतमा जाँदा त रूपालाई करेन्ट लागेछ । करेन्टले उनका दुवै हात जलेर डढेको ठुटाजस्तै भए । माथिबाट खसेपछि उनको शरीरमा पनि चोट लाग्यो । अाजकाे राजधानीमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share