सोमवार, बैशाख ६, २०७८

इन्टरनेसनल सिमेन्ट प्रालिको ठगी धन्दा

२४ भाद्र २०७५, आईतवार ०६:५२

काठमाडौं । पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो । एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताउनुभयो । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share