बुधबार, साउन १३, २०७८

नीति तथा सिद्धान्तका बारेमा सशक्त बनाएर अघि बढ्न आवश्यक

१७ असार २०७५, आईतवार १८:०७

सुर्खेत, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको नीति तथा सिद्धान्तका बारेमा अझ सशक्त बनाएर अघि बढ्न आवश्यक भएकोले त्यसको जिम्मेवारी युवाको काँधमा आइपरेको बताएका छन् ।

आइतबारदेखि सुरू हुने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्न सुर्खेत आईपुगेका पार्टी अध्यक्ष थापाले आफूहरूले सरकारका गतिविधिहरू नियालिरहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको फुटको कारणसँगै जनतालाई हिन्दु राष्ट्रको मुद्दाका बारेमा बुझाउन नसक्नु नै २०७४ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको बताए । उनले निर्वाचनमा भएको हारको कारणले पार्टीका विभिन्न तह र कार्यकर्तामा देखिएको निराशालाई अन्त्य गर्नका लागि पार्टीको संगठन सुधार सहित हिन्दु राष्ट्रको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने बताए ।

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री भएको बेलामा चीनसँग भएका सम्झौताहरु कार्यान्वयन हुने अवस्थामा पुगेकोले खुसी व्यक्त गर्दै वर्तमान सरकारलाई धन्यवाद समेत दिए । उनले भने, ‘आगामी असोज मसान्त भित्र देशका ७ सय ५३ वटै स्थानीयतहका गाउँ र वडाहरुमा संगठनका समितिहरु पुर्नगठन गरी माघ मसान्तसम्ममा मेची महाकाली यात्रा गरेर हिन्दुराष्ट्र स्थापनाको लागि अभियान चलाउँछौ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा जहिले पनि सनातन हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै उनले धर्मनिरपेक्षता घोषणा हुँदासम्म पनि राप्रपाले विरोध गरिरहेको बताए । २०६२-०६३ पछि जनताको अभिमतबिना धर्म निरपेक्षता जबर्जस्त लादिएको उनको भनाइ थियो । धर्म निरपेक्षताकै आधारमा अहिले डलरको आडमा लाखौंको धर्म परिवर्तन गराइएको बताउँदै थापाले यसलाई रोक्न सरकारले कदम चाल्न आग्रह समेत गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share