शनिबार, मंसिर १८, २०७८

लोप हुँदै परम्परागत गहना

२७ बैशाख २०७३, सोमबार ०६:२४

photo-sunphol_320939393चैनपुरः मौलिक संस्कृति झल्किने परम्परागत सुनचाँदीका गहनाहरू लोप हुँदै गएका छन् ।
महिलाले लगाउने परम्परागत गहनाहरूको साटो आधुनिक डिजाइनका गरगहना लगाउने लहर चलेको छ । केही वर्ष अगाडिसम्म बझाङमा हुने विभिन्न मेला पर्व, विवाह तथा सामाजिक कार्यमा देखिने सुनफूल, बाली, ढुकुरी, नथ, बाला, कल्लीजस्ता गहना अहिले हराउँदै गएका छन् ।

स्थानीय बान्नीको चैतली जात्रामा आएकी सैनपसेलाकी सुनकेशरी जप्रेलले अहिलेको पुुुुस्ताले परम्परागत गहनामा चासो देखाउन छोडेको गुुुुनासो गरिन् । ‘केही वर्ष अगाडि सुनका फूल लगाएर जात्रामा आएका महिला हेर्न लायकका हुुुुन्थे । तर अहिले धेरैजसोका टाउकामा सुुुुनफूल हुुुुँदैनन्’, उनले भनिन् ।

सुनफूल जस्तै नाकमा लगाउने नथ, कानमा लगाउने बाली ढुकुरी, खुट्टामा लगाउने कल्लीजस्ता परम्परागत गहना हराएकोमा उनको चिन्ता थियो । गाउँमा परम्परागत पहिरन, गहना हराउँदै गएपछि मौलिक संस्कृति हराउँदै जाने मौलालीका अगुुुुवा युवराज भण्डारीले बताए ।

परम्परागत गहना सुनफूल लगाएर बान्नीको चैतली जात्रामा डेउडामा महिला ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share