सोमवार, मंसिर २०, २०७८

सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति गम्भीर

२४ जेष्ठ २०७३, सोमबार १२:५८

Amber-Gurung1काठमाडौँ, २४ जेठ ।

राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर र स्थिर रहेको छ । भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार उहाँको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उहाँको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिए ।

डा. पाण्डेले भने, “स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ । राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्न सक्ने अवस्था छैन । कृत्रिम श्वासप्रश्वास चलाइएको छ ।” सङ्गीतकार गुरुङका छोरा किशोर गुरुङले उनको मुटुमा समस्याको चुनौती गरिरहेको र अरु अङ्गहरु ठीकै रहेको परीक्षणले देखाए पनि समग्रमा स्वास्थ्यस्थिति गम्भीर देखिएको छ भने ।

राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उनका आफन्तहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ता, गीत–सङ्गीत क्षेत्रका स्रष्टाहरु ग्रान्डी अस्पताल पुगेका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share