मङ्लबार, असार २१, २०७९

आगलागी र चट्याङबाट सयभन्दा बढीको मृत्यु

१८ जेष्ठ २०७३, मंगलवार १४:५०

काठमाडौ, १८ जेठ ।

गत वर्षको हिउँददेखि हालसम्म मुलुकभर भएको आगलागीबाट ७६ र चट्याङबाट २८ जनाको निधन भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय भएका आगलागी, चट्याङका घटनाका बारेमा भएका जनधनको क्षतिबारेमा सदनलाई जानकारी दिएका हुन् ।
उनले बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरण र उनकाे सकुशल रिहाइका बारेमा पनि सदनलाई जानकारइ दिँदै आगमी दिनमा यस्तो घटना हुन नदिन प्रहरी प्रशासनलाई उच्च सतर्कता रहन निर्देशन दिइएको बताए ।
यसैबीच मधेसकेन्द्रित दलले सदनको आजको बैठक पनि बहिष्कार गरे । सांसद नरसिंह चौधरीले व्यवस्थापिका सदनको बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय माग गरी सरकारले तराई–मधेसमा जारी आन्दोलनको माग सम्बोधन गर्न नसकेको आरोप लगाए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share