काग्रेसको केन्द्रीय सहकारी विभागले कर्णाली प्रदेशमा सहकारीको अवस्था र समस्या समाधानका बारेमा छलफल गरेको छ।छलफलमा कर्णालीका सहकारीसँग सम्बन्धित संचालक, कर्मचारी लगायतका व्यक्तीहरुको सहभागितामा सुझाव संकलन गर्ने काम गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले अहिले सहकारीहरुको अवस्था दहिनिय भएको भन्दै पाटीले कुनै सहयोग नगरेको बताएका छन।उनीहरुले सहकारीहरुलार्इ विभिन्न क्षेत्रबाट प्रहार भइरहेको भन्दै सरकारको ध्यान जान नसकेको बताएका छन।उनीहरुले सहकारीहरुमा पनि विभेद रहेको भन्दै कृषि बहुउदेश्यीय र बचत ऋण सहकारीलार्इ एकै किसिमको व्यवहार गर्न आग्रह गरेका छन।
पार्टीको सहकारी विभाग प्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सहकारीका क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसको समाधानको उपाय तथ्यगत अध्ययन गरिने बताउनुभयो।सहकारीको निश्चित उद्देश्य लिएर स्थापना भएका सहकारीले त्यस अनुसार काम गरे नगरेको र समस्या समाधानका लागि गर्न सकिने पहलको विषयमा छलफल र योजना तर्जुमा गरिएको विभागका प्रमुख कँडेलले बताउनुभयो।
देशभर नै पछिल्लो समयमा सहकारीको रकम अपचलन र यसको व्यवस्थापन पक्षको विषयमा छलफल गर्नु पर्ने उहाँको भनार्इ छ।कर्णालीको समस्या, यसको समाधान र सुझावसहितको प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने उहाँको भनार्इ छ।’कर्णाली प्रदेश सहकारी विभागका केन्द्रिय सदस्य पदम दाहलको अध्यक्षता र काँग्रेस नेता कण्डेलको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ।
कार्यक्रममा केन्द्रीय संघ नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, नेपाली काँग्रेस कर्णालीका सभापति ललितजंग शाही सहित प्रदेशका १० वटै जिल्लाका सहकारी विज्ञ, अभियानकर्मी लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार १७:५८