आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका पत्रकारहरुलेनिष्पक्ष भएर कमल चालउने प्रतिबद्धता जनाएका छन्।
मिडिया एक्सन नेपालले अयोजना गरेको कार्यक्रममा पत्रकारले यस्तो प्रतिबद्धता जनाएका हुन्।पत्रकारहरुले चुनावको समयमा निकै सम्दवेनशील हुनुपर्ने भएकाले यसमा आफुहरु संवेदनशिल भएको बताएका छन।कार्यक्रममा सहभागी २० जना पत्रकारहरू मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष तथा विपक्षमा नरहेर निष्पक्ष तरिकाले रिपोर्टिंग गर्ने बताएका छन्।
यस्तै, अभिमुखीकरणमा पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अभिमुखीकरणले निर्वाचन सम्बन्धी समाचार तयार गर्र्दा थप इट्टा थपेको बताउनुभयो। उहाँले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित तरिकाले सम्पन्न गराउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा आफुहरु लागि पर्ने बताउनुभयो।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले अभिमुखीकरण दिँदै निर्वाचनको समयमा पत्रकारहरुले गर्न हुने र नहुने क्रियाकलापहरुको बारेमा जानकारी दिनुभयो।निर्वाचनको बेला सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता उल्लंघनको विषयमा अनुगमन गर्ने संयन्त्र रहेको भन्दै त्यसले एकदमै कडाइका साथ अनुगमन गर्ने समेत आग्रह गर्नुभयो।
यस्तै, द हिमालय टाईम्सका सम्पादक राजन पोखरेलले निर्वाचनको समयमा कसैलाई पनि ठेस नपुग्ने तरिकाले प्रत्रकार आचारसंहिता तथा निर्वाचन आचारसिंहता २०७९ मा रहेर रिपोर्टिंङ्ग गर्न सुझाव दिनुभयो।हेल्थ टिभि अनलाइन की सम्पादक कल्पना आचार्यले विषेश गरेर निर्वाचन तथा मतदाता केन्द्र विशेष गरि महिला, अपाङ्ग, वृद्धावृद्ध मैन्त्री छ वा छैन् र शव्द चयन जस्ता विषयमा ध्यान दिएर समाचार तयार गर्नसबै पत्रकारहरुलाई आग्रह गर्नुभयो।
मिडिया एक्सनले सातै प्रदेशमा निर्वाचन रिपोर्टिंगसँग सम्बन्धी अभिमुखीकरण जनाएको छ। यस अघि बागमती प्रदेशको हेटौंडा, मधेश प्रदेशको जनकपुर, सूदुरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत गरेर चार प्रदेशमा गरिसकेको र बाँकी प्रदेशमा गरिने अध्यक्ष पन्तले बताउनुभयो।
प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार १६:१४