भारतमा भइरहेको २० बर्षमुनिको साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छ।
नेपालका लागी यो आफ्नो अन्तिम खेल गर या मरको अवस्थामा छ।
पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् ।
घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन बनेको हो।
पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन।
बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ।
नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ ।
अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ।
समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन्।
हेड टू हेडमा भारत अगाडि छ ।
आजको पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ।
हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ।
तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ।
प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार ०७:३३