असार २७, सुर्खेतमा चार लाख २५ हजार ६ सय १६ जनाले कोरोना भार्इरस विरुद्धको खोप लगाएको सरकारी तथाङक रहेको छ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सबैभन्दा धेरै वीरेन्द्रनगरमा एक लाख २९ हजार ९ सय ८९ जनाले खोप लगाएको जनाएको छ।
यस्तै सिम्तामा ३१ हजार ६ सय ९८ जनाले खोप पाएका छन भने चिङगाडमा २० हजार ५ सय ५४ जनाले खोप लगाएका छन।
लेकबेशीका ३८ हजार ८ सय ५२, गुर्भाकोटमा ५३ हजार ८ सय ५८, भेरीगंगा नगरपालिमा ५० हजार ३१,बराहतालमा ३२ हजार ४ सय ३६,पञ्चपुरीमा ३८ हजार ३ सय ५२ र चौकुने गाँउपालिकाका २९ हजार ८ सय ४६ जनाले खोप लगाएका छन।
कार्यालयले कोरोना विरुद्धको खोप लगाउने क्रम अहिले पनि जारी रहेकाले यसको संख्या बढ्ने कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो।
सुर्खेतमा ६५ प्रतिशतले पहिलोमात्रको खोप लगाएका छन भने दोस्रो मात्राको खोप लागउने ६४ प्रतिशत रहेका छन।
यस्तै २८ प्रतिशतले भने तेस्रोमात्राको कोरोना विरुद्धको खोप लगाएको प्रमुख गौतमको भनार्इ छ।
यस्तै ७५ प्रतिशत ५ देखि ११ वर्ष सम्मका वालवालिकाहरुले कोरोना विरुद्धको खोप लगाएका छन।
कतिपय पालिकाहरुमा अहिलेपनि खोप अभियान संञ्चालन भर्इरेहकाले खोप लगाउनेको संख्या बढ्ने बताउनुभयो।
प्रकाशित मिति: २७ असार २०७९, सोमबार १७:४०