सुर्खेत, राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाले सेवा प्रवाह बन्द गरेको छ । एकै पटक १० जना र्कचारीमा कोरोना देखिएपछि सेवा बन्द गरिएको बैंकका प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । बैंकको सुरक्षार्थ खटिएका एक जना गार्डलाई कोरोना अस्पताल कालागाउँमा भर्ना गरिउको छ । बैंकमा १८ जना कर्मचारी कार्यरत छन् । ति मध्ये १० जनालाई एकै पटक कोरोना देखिएको हो । बाँकी कर्मचारीलाई संक्रमित हुन सक्ने भन्दै बैंकले सेवा बन्द गरेको हो । कम्तिमा चार दिन सेवा बन्द रहेन छ । शाखा कार्यालय बन्द वीरेन्द्रचौकमा रहेको वीरेन्द्रनगर शाखाले भने निरन्तर सेवा दिने छ ।
प्रकाशित मिति: ३ माघ २०७८, सोमबार १३:२४