सुर्खेत, सुर्खेतको ऐतिहासिक बयलकाँडा (गढी)मा पृथ्वीनारायण शाहको सालिका अनावरण गरिएको छ । शाहको जन्मजयन्तीको अवसर पारी नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेले राष्ट्र निर्माण शाहको सालिक अनावरण उपरथी प्रेम शाहीले अनावरण गरेका हुन् । गढीमा इतिसम्वत १७९० गोर्खाली फौजले नेपाल एकिकरणमा गाभेको थियो । सालिक राखिएसँगै गढिमा आन्तरिक पर्यटकहरु बढ्ने र गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बढ्ने नेपाली सेनाको विश्वास छ ।
पछिल्लो समय सेनाले रणनीतिक महत्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षणमा चासो दिँदै आएको छ । ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण गर्ने अभियानलाइ पनि निरन्तरता दिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा रहेको बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको छ । सालिक अनावरण कार्यक्रममा कालिबक्स गण (ई) का गणपति प्रमुख सेनानी चन्द्र शेखर काप्रीले राष्ट्र निर्मातालाई सलाम शीर्षकमा कविता समेत वाचन गरेका थिए ।
प्रकाशित मिति: १ माघ २०७८, शनिबार १४:००