काठमाडौं । नेपालमा काेराेना भाइरसका २८१ जना सङ्क्रमित थपिएका छन् । सात हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एक हजार ८०५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । देशभर हालसम्म सात हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ९ मंसिर २०७८, बिहीबार २०:०८