मुगु । जिल्ला सदरमुकाम गमगढीसंगै जोडिएको चैनगाउँमा रहेका प्रत्येक घरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीय हर्षित भएका छन् ।
पुरापूर्व काल देखि गाउँबाट ३० मिनेट टाढा चैनखोलामा रहेका परम्परागत धाराबाट खानेपानी पिउँदै आएका स्थानीयको घरघरमा स्थानीय सरकार र एक गैर सरकारी संस्थाको सहकार्यमा खानेपानीका धारा जडान गरिएपछि स्थानीय खुशी भएका हुन् ।
छायाँनाथ रारा नगरपालिका र युनिसेफ नेपालको साझेदारी संस्था ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको साझेदारीमा नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत वडा नं २ चैनगाउँका ४५ घरधरीको घरमा धारा जडान गरिएको छ ।
चैन गाउँका घरघरमा धारा जडान गर्न नगरपालिकाले मुहान देखि आरविटिसम्मको कामका लागि १० लाख ४ हजार र साझेदारी संस्था हिरिसडेकले आरविटीबाट घरको धारासम्मको कामका लागि ७ लाख ७० हजार ६११ गरी १७ लाख ७४ हजार ६११ लागतमा चैनगाउँमा एक घर एक धारा जडान गरिएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्ण बहादुर हमालले बताउनुभयो ।
घरको आँगन मै पानी भर्न पाएपछि चैनबासीको खुशीको सिमा नै छैन ६२ वर्षीय अविसरा हमाल भन्नुहुन्छ, बषौ देखि आधा घण्टा टाढा हिडेर घण्टौ लार्ईनमा बसी खानेपानी ल्याउनु पथ्र्यो, यतौ समयसम्म कसैले हाम्रो दुख्ख देखेनन् बल्ल आयो । घर घरमा धारा आएपछि आयोे हाम्रो लागि पनि सरकार रहेछ भन्ने महशुस भयो ।
बुढेउली उमेरमा गाउँबाट टाढा रहेको खोलाका धारामा पानी लिन जाँदा चिन्तामानी मानी जानु पथ्र्यो कहाँ के समस्या आउने हो भनेर अब घर मै पानी आयो खाना पकाउदै पानी भर्न सकिने भयो उहाँले भन्नुभयो ।
सोही गाउँ कै सुनसाँङ्गली चौलागाई पनि घरमा पानीको धारा बनेपछि कम्ति खुशी हुनुहुन्न, घरको ओटाला मै पुगेको धारामा पानी भर्दै भन्नुहुन्छ खेतगराबाट काम गरेर आएपछि घरबाट फेरी पानीका लागी खोला तिर जानुपर्ने र त्यहाँ पनि लाईनमा बस्नु पर्ने अवस्थाले सधै पानी लिन जादा चिन्ता लाग्ने गथ्र्याे, कती दिन रातीसम्म पानी बोक्नु पथ्र्याे अब ति दिनको अन्त्य भएको छ, हाम्रो दुख्खलाई देखेर खानेपानीको योजना बनाउने वडा कार्यालय, नगरपालिका र हिरिसडेकलाई धन्यवाद छ । बल्ल मतदिएको सदुपयोग भएजस्ता लाग्यो उहाँले भन्नु भयो ।
घरमा पुगेको धाराको टुटी खोलेर नगरप्रमुख हरिजंग शाहीले बुधबार उद्घाटन गर्नु भएपछि गाउँका ४५ घरपरिवारमा विधिवत रुपमा एक घर एक धारा पुगेको घोषणा गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हरिजंग शाहीले विगतका जुनसुकै व्यवस्थामा पनि केहिन केहि विकास भएपनि दिगोपन नहुँदो संधै सरकारले उहि कामका लागि रकम खर्च गर्नु परेको तितो यर्थाथ रहेकाले आफ्नो नेतृत्वको स्थानीय सरकारले गर्ने जुनसुकै विकास योजनाको स्थायित्व र दिगोपनमा बढी ध्यान दिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, विगतका कमी कमजोरी र गल्तीबाट पाठ सिक्दै नगरपालिकाले विभिन्न विकास योजना मध्य खानेपानी पहिलो प्राथमिकतामा राखेको, स्थानीय सरकार गठन भए २०७४/०७५ को पहिलो नगरसभाले एक घर एक धारा कार्यक्रम र सबै बस्तिलाई खानेपानीको पहँुचमा पु¥याउने निर्णय गरे अनुसार त्यस यता विभिन्न बस्तिमा खानेपानी र केहि बस्तिमा एक घर एक धारा कार्यक्रम शुरु गरेको जसमा वडानं ७ टोप्ला गाउँ, वडा नं ६ माथीबालै, वडा नं २ चैन गाँउका घरघरमा धारा पुगीसकेको र यो वर्ष वडा नं २ तिरुवावाडा, वडा नं ४ भामवाडा, वडा नं ८ झ्यारी गाउँमा समेत एक घर एक धारा बन्ने छन् ।
छायाँनाथ रारा नगरपालिकाको खानेपानी तथा सर सफाई स्वच्छता योजना बनाई विष्लेषण गर्दा नगर क्षेत्रका जुकेन, माथीबालै र चैन गाउँ बाहेक अन्य बस्तिहरु कहिन कहि खानेपानीको पहुँचमा रहेको पाईएकाले थियो, पहुच नपुगेका यी बस्तिहरुमा खानेपानी सुरक्षा योजना बनाई सुरक्षा योजना सम्वन्धी २ दिने तालिम समेत दिई सकेको र चैन, माथी बालैका घर घरमा खानेपानी पुगेको हिरिसडेक मुगुका कार्यकारि निर्देशक मिन बहादुर रावलले बताउनु भयो । समुदायको पनि अपनत्व होस् भनेर जक्सन देखि घरको धारासम्म पाईपलाईन खन्ने, धारा बनाउन चाहिने गिट्टी र बालुवा स्वमं घरधनीले श्रमदानमा उपलब्ध गराएको पनि निर्देशक रावलले बताउनुभयो ।
आफ्नो प्रमुख लक्ष नै वडामा जहाँबाट भएपनि विकास भित्राउनु भएकाले यो वा त्यो नभनी आफनो वडामा आफु निर्वाचित भए देखि खानेपानी, सडक, मठमन्दिर, बाटो लगायतका विकासमा जोड दिदै आएको वडा नं २ का अध्यक्ष परेगराज चौलागाईले बताउनु भयो । आफु अध्यक्ष रहँदा वडाभरीका बस्तिहरुमा सबै विकास पुरा भैसक्ने र पछि आउने अध्यक्षलाई के काम गर्ने भनेर सोच्नु पर्र्ने गरि आफुले विकास गर्ने पनि उहाँले बताए ।
छायाँनाथ रारा नगरपालिकाले आफना १४ वडाका ९० बस्तिहरुमा आर्थिक वर्ष २०७८/०७९ भित्र सुरक्षित खानेपानीको पहुचमा पुराउने योजना बनाएको छ । सोही अनुसार नगरपालिकाले अवस्था अनुसार सबै बस्तिमा खानेपानीका योजना बनाउदै क्रमश कार्यान्वयन गदै आएको पनि नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार २०:४१