सुर्खेत । विदेशीका लागि मात्र होइन, आन्तरिक पयर्टकका लागि आकर्षणको केन्द्र हो, मुगुको रारा ताल । स्वर्गकी सुन्दरीको उपमा पाएको रारा ताल चर्चाको शिखरमा छ, जे छ रारा आफैमा अनुपम छ, अपार छ, साँच्चिकै हेर्न लायक र मनमोहक, अनि मनोरम दृश्य पनि ।
नेपालको सबैभन्दा ठूलो र गहिरो ताल, रामसार सूचीमा सूचीकृत अन्तर्र्रािष्ट्रय स्तरमा महत्व राख्ने रारा ताल सम्म पुग्ने मोटेर बाटो निर्माण भएसँगै रारा जान धेरैको चासो र उत्साह बढेर गएको छ ।
पर्यटकीय गन्तव्यलाई मुख्य आधार बनाई आत्म निर्भर र समृद्ध यात्रामा अघि बढेको कर्णाली प्रदेश सरकारले नयाँ वर्षको आगमनसँगै गत वर्ष कर्णाली रारा पर्यटन वर्षको शुरुवात समेत गरिसकेको छ ।
कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने स्वर्गकी रानीको उपमाले परिचित रारा प्राकृतिक रुपमा निर्मित नेपालको सबै भन्दा ठुलो ताल हो । रारा ५ कि.मि. लम्वाई, ३ कि.मि.चौडाई र १६७ मिटर गहिराई रारा १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरी घुम्नलाई करिव ५ घण्टा समय लाग्दछ । विश्वमै कहिकतै नपाईने र विश्वको अग्लो स्थानामा स्नो ट्राउस्ट (असला) जातका माछा पनि रारा तालमै पाइन्छन् । रारा आफैमा अदभुत स्वरुपमा छ । समयसँगै छिनछिनमा रुप र रंग बदल्नु, राराका बिशेषता हुन ।
रारा ताल लगायत अन्य प्राकृतिक सम्पदाको संरक्षणका लागी २०३२ साल स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज भित्र विभिन्न थरिका गुराँस तथा ऋतु अनुसारका फुल्ने सयौ थरिका फुल लगायत बन स्पतिहरु, लोपउन्मुख रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल, मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर, डाँफे, कालिज, गृष्मयाममा साईवेरियाबाट आउने साईवेरियन चरा पनि पाइने गर्छन ।
रारा (भिडियो सहित)
प्रकाशित मिति: १७ चैत्र २०७५, आईतवार ०९:१५