काठमाडौ ११ वैशाख । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा प्रेस चौतारीका उम्मेदवार शन्तराम बिडारी विजयी भएका छन् । चौतारीले क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार मञ्चलगायतसँग तालमेल गरेको थियो । प्रेस युनियन, प्रेस सेन्टर लगायतका संगठनहरुको साझा उम्मेदवार रामकृष्ण अधिकारीलाई पराजित गर्दै चौतारीका बिडारी अध्यक्षमा निर्वाचित भएका हुन् । बिडारीले ४२९ र अधिकारीले ४१५ मत ल्याएका थिए ।
एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावी गठबन्धनमा थिए ।
उपाध्यक्ष खुल्लामा सूर्य सुवेदी, महिला उपाध्यक्षमा सिता पोखरेल, सचिवमा मोहन पन्त, समावेशी सहसचिवमा अमिर लामा, खुल्ला सहसचिवमा रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र बस्नेत विजयी भएका हुन् ।
खुल्ला उपाध्यक्ष सुवेदी बाहेक पदाधिकारी सवै चौतारी प्यानलका हुन् ।
समस्यहरुमा मिश्रित परिणाम आएको छ । सदस्यहरुमा अजित अधिकारी, पुस्कर बस्नेत, मुकुन्द भुषाल, सुलोचना अर्याल लगायत विजयी भएका छन् ।
प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार १४:३८