मुम्बई । भारत र पाकिस्तान बिचको तनाम बढ्दै गएपछि हिन्दी चलचित्र निर्माताहरुको सबैभन्दा ठूलो संगठन ‘इन्डियन मोसन पिक्चर्स प्रोड्यूसर्स एसोसियसन’ले पाकिस्तानी कलाकारलाई हिन्दी चलचित्रमा काम गर्न प्रतिवन्ध लगाएको छ ।
एसोसियसनका अध्यक्ष तथा निर्माता टीपी अग्रवालले भनेका छन् ‘हामीले ८७ औं सभामा यो कुरा पारित गरेका छौ कि, हाम्रो संस्थाका सदस्यको चलचित्रमा कुनै पनि पाकिस्तानी कलाकारलाई खेलाउन प्रतिवन्ध लगाइएको छ । पाकिस्तानको तर्फबाट आतंकवादलाई प्रोत्साहन दिएपछि भारतमा बढेको आक्रोशलाई हेर्दै यो निर्णय गरिएको हो ।’
तर, यो प्रतिवन्ध भारत र पाकिस्तान विचको तनाव कम नभइन्जेलसम्मलाई कायम गरिएको उनले बताए । उरी हमलापछि मुम्बइको एमएनएस पार्टीले पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र भारत छाड्न चेतावनी दिएको थियो । उसले पाकिस्तानी कलाकारले अभिनय गरेका कुनै पनि हिन्दी चलचित्र महाराष्ट्रमा प्रदर्शन गर्न नदिने चेतावनी पनि दिएको छ ।
भारतको उडीमा आतंककारी हमलापछि त्यहाँको महाराष्ट्र नवनिर्माण सेना (एमएसएन) पाकिस्तानी कलाकार विरुद्ध आक्रामक भएको छ । भारतमा बसिरहेका पाकिस्तानी कलाकारहरुलाई एमएसएनले देश छोड्नका लागि ४८ घण्टाको समयावधी तोकेको छ ।
पाकिस्तानी कलाकारहरुलाई यो धम्की एमएसएनको विंग चित्रपट सेनाले दिएको छ ।पाकिस्तानी कलाकारलाई धम्की दिँदै एमएसएनको नेता अमेय कोपकरले यस विषयमा जानकारी दिँदै भनेका छन्, ‘हामी पाकिस्तानी कलाकारलाई भारत छोड्नका लागि ४८ घण्टाको समय दिँदैछौं ।
यदि उनीहरुले देश छोड्न मानेनन् भने एमएसएनका कार्यकताएले उनीहरुलाई सुटिङ गरिरहेकै ठाउँमा गएर पिट्नेछन् ।’ उडीमा आतंककारी हमलाका कारण रुष्ट भएका अमेय खोपकरले पाकिस्तानसँग कुनै पनि सहकार्य नहुने बताएका छन् ।
प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार १६:२९