डोटी, १४ जेठ ।
डडेल्धुरा जिल्लाको सिमानामा पर्ने डोटीका विकट गाविसका महिला आयआर्जनका क्रियाकलापमा सक्षम बन्दै गएका छन् । जिल्लाको सदरमुकामबाट टाढा रहेका लाटामाडाँै, बनलेक, जिजौडामाडाँै, बारपाटा लगायतका महिला घरायसी कामबाहेक सामाजिक कार्य र आयआर्जनमूलक क्रियाकलापमा सक्रिय भएका हुन् । महिला शक्ति विकास केन्द्र नेपाल, काठमाडाँैको पहलमा डोटीका विकट चार गाविसमा गरिएका आयआर्जन, सीपमूलक र नेतृत्व विकासका क्रियाकलापमा यहाँका महिला सक्रिय बनेका हुन् ।
विसं २०६८ सालदेखि जिल्लाका लाटामाडाँै, बनलेक, जिजौडामाडाँै, बारपाटा गाविसमा विभिन्न समूह बनाई सहयोग र तालिम दिँदै आएको संस्थाले हाल आएर ती चारवटै गाविसमा ३७ समूह गठन गरी आर्थिकोपार्जन क्रियाकलाप सञ्चालन गरिरहेको महिला नेतृत्व विकास कार्यक्रमकी क्षेत्रीय संयोजक तारा खातीले बताइन् । संस्थाले हाल आएर बनलेक गाविसका आठ समूहलाई रु पाँच लाख ५४ हजार १९०, बारपाटा गाविसका नौवटा समूहलाई रु ६ लाख ६ हजार ८२१, लाटामाडाँै गाविसका १० वटा समूहलाई रु सात लाख २१ हजार ५३४ र जिजौडामाडाँैका १० वटा समूहलाई पाँच लाख २३ हजार ७६४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकमलाई गाउँमा लगानी गरी बढाउँदै लगिएको समेत क्षेत्रीय संयोजक खातीले बताइन् । महिला नेतृत्व विकास कार्यक्रम गाउँमा लागू भएदेखि धेरै ठूलो उपलब्धि हासिल गरेको जिजौडामाडाँैकी डम्बरी धामीले बताइन् । उनले पहिले पहिले गाउँमा कुनै कार्यक्रम हुँदा बोल्न नसक्ने यहाँका महिला बोल्न सक्ने भएका बताइन् । “घरमा सानोतिनो समस्या पर्दा धेरैलाई पैसाको निम्ति हारगुहार गर्नुपर्ने समस्या टरेको छ”, डम्बरीले भनिन् । बारपाटाकी कलावती बोहरासमेत अहिले गाउँमा हुने सार्वजनिक कार्यक्रममा बोल्न र मन नपरेको कुरा राख्न सक्षम बनेकी छन् । उनले अहिले श्रीमानले गरेको निर्णयमा चित्त नबुझ्दा खबरदारी गर्न सकेकी छन् । महिला नै सङ्गठित भएको विशुद्ध महिला मैत्री संस्थाले डोटीका चार गाविसलाई नमुना गाविस बनाउने पहल थालेको छ ।
विगत ४ वर्षदेखि डोटीका चार गाविसमा कार्यरत मकोनियल फाउन्डेसन, क्यालिफोर्निया, अमेरिकाको सहयोगमा सञ्चालित १० वर्षे कार्यक्रमले आगामी दिनमा डोटीका धेरै गाविसमा महिला हिंसा, बालविवाह, बालश्रमसम्बन्धी कार्यक्रमका साथ अगाडि बढ्ने रणनीति तय गरेको महिला शक्ति विकास केन्द्र नेपाल काठमाडाँैका निर्देशक कविता गुरुङ्ले बताइन् ।दातृनिकायसँग महिला शक्ति विकास केन्द्रको १० वर्षे सम्झौता भएकाले यसलाई निरन्तरता दिई डोटी र डडेल्धुराका ग्रामीण भेकमा बसोबास गर्ने महिलाका समस्याको समाधान खोजी आयआर्जनका क्रियाकलापमा सक्रिय बनाउन आफू लागिपरेको निर्देशक गुरुङले बताइन् ।
विद्यालयलाई लाखौँ रकम सहयोग
यसैबीच, डोटीको बाझककाँनी गाविसमा रहेको भैरव माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा बिहीबार करिब एक लाख बराबरको चन्दा सङ्कलन गरिएको छ । विद्यालयका प्रधानाध्यापक वासुदेव अवस्थीले वार्षिकोत्सवकै अवसरमा रु ३१ हजार १३१, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर खड्काले २८ हजार ५५५ र स्थानीयवासी चेतराज ओझाले २१ हजार १२१ रुपैयाँ सहयोग गर्नुभएको हो ।
त्यस्तै, सोही विद्यालयका शिक्षक बलबहादुर खड्काले रु १८ हजार ५००, नेपाली काँग्रेसका नेता नवराज अवस्थीले रु १७ हजार १०१, समाजसेवी एवम् सोही विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष महावीर खड्काले रु १६ हजार ५०० र स्थानीयवासी नौटे खड्काले पाँच हजार पाँच रुपैयाँ विद्यालयलाई सहयोग प्रदान गरेका छन् ।
सदरमुकामबाट केही टाढा रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न र स्थानीय विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहँुचसम्म पु¥याउनका निम्ति सहयोग प्रदान गरेको चन्दादाताले बताएका छन् । विगत धेरै वर्षदेखि निजीस्रोतमा शिक्षक राखेर अध्यापन गराइराखेको विद्यालयलाई उक्त रकमले सहयोग पुग्ने विद्यालयका प्रद्यानाध्यापक अवस्थीले बताउनुभयो । साथै, उहाँले गाउँको विद्यालयमा स्थानीयवासीबाट नै यसरी सहयोग रकम जुट्न थालेपछि आगामी दिनमा उच्च माध्यमिकसम्म बनाउन सकिने उहाँको भनाइ छ ।
खेम बम/रासस
प्रकाशित मिति: १४ जेष्ठ २०७३, शुक्रबार ११:५५