शुक्रबार, कार्तिक ५, २०७८

2016-09-06 10:31

२१ भाद्र २०७३, मंगलवार १४:३९

काठमाडौँ, २१ भदौ । काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा आज लागेको मेला भर्न महिला भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्न मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लागेको छ । नारीले आज सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । यसो गर्दा नारीले रजस्वलाका समयमा जानी नजानी छुवाछूत भएको भए तथा त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेमा दोष हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ ।

त्यसैगरी, आजको दिन सोही मन्दिरमा सामूहिक पञ्चमीको पूजासमेत भएको छ । पञ्चमीको पूजामा विशेषगरी दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको संस्कृतिविद् डा विष्णु दाहालले जानकारी दिए।

त्यस क्षेत्रमा मेला लागेको हुँदा त्यहाँ भएर हिँड्ने सवारी साधनलाई आज निषेध गरिएको प्रहरीले जनाएको छ । मन्दिरमा गएराति १२ बजेपछि नै दर्शनार्थीका लागि खुल्ला गरिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय सङ्घसंस्थाले त्यहाँ विभिन्न किसिमका सामाजिक सेवा उपलब्ध गराएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share