आइतवार, अशोज ३१, २०७८

प्राङ्गारिक केन्द्र बनाउन माग

३ आश्विन २०७३, सोमबार १४:५९

धादिङ, ३ असोज । संसद्को कृषि तथा जलस्रोत समिति समक्ष धादिङका कृषकले जिल्लाको राजमार्ग क्षेत्रमा प्राङ्गारिक केन्द्र बनाउन माग गरेका छन् ।

ती कृषकले प्राङ्गारिक केन्द्रको व्यवसायिक विकासमा जोड दिने गरी नीति निर्माण गर्न र सरकारी लगानी गर्ने वातावरण बनाउन पनि जोड दिएका दिए ।

कृषकका सुझाव तथा धादिङको तरकारी, फलफूल र अन्यकृषि उत्पादनको विषयमा छलफल गर्न आएको प्रतिनिधिसँग उनीहरुले विषादी न्यूनीकरणका लागि मापदण्ड बनाइएर लागू गर्न माग गरेका थिए ।

सांसद रामेश्वर ढुङ्गेलको संयोजकत्वमा सांसद जमिन्द्रमान घले, तारामान गुरुङ, पुनाराम थापा, शारदा कुमारी विश्वकर्मा लगायतको टोलीले कृषकसँग छलफल गरेको थियो । छलफलमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख महेन्द्रराज कौडाल, जिल्ला पशुसेवा कार्यालयका प्रमुख देवेन्द्र भगतले जिल्लाको कृषि र पशु विकासको अवस्था बारे जानकारी गराएका थिए ।

छलफलपछि सांसदहरुले किसानका मागलाई प्रतिवेदनको रुपमा समितिमा पेस गर्ने जानकारी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share