बुधबार, कार्तिक १०, २०७८

विद्यालय कर्मचारीलाई दरबन्दीमा ल्याउन माग

३ आश्विन २०७३, सोमबार ११:१४

काठमाडौँ, ३ असोज । विद्यालय कर्मचारी सङ्गठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ ।

सङ्गठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले भने– “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक रु दुई हजारदेखि छ हजारमा काम गरेर बाँच्न सक्ने अवस्था नरहेकाले हामीलाई पनि सरकारले हेर्नुप¥यो ।”

उनले शैक्षिक तथ्याङ्क विवरण सङ्कलन कार्य पनि झारा टार्ने किसिमको मात्र भएको गुनासो गर्दै माथिल्लो तहको मात्र विवरण सङ्कलन हुने गरेको आरोप लगाए ।

उनले संशोधित शिक्षा ऐन कार्यान्वयनमा आफ्नो सङ्गठनको समेत सहकार्य हुनुपर्नेमा जोड दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share