शुक्रबार, कार्तिक ५, २०७८

गणेशमान सिंहको आज स्मृति दिवस

२ आश्विन २०७३, आईतवार ०८:५१

काठमाडौँ, २ असोज । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली काँंग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृतिमा आज नेपाली काँग्रेस लगायत, संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

ganeshman-singकाठमाडाैँको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ । लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकाल देखि कठोर संघर्ष गरेका थिए । विपी कोइरालासँग मिलेर नेपाली काँग्रेसको स्थापना गरेका गणेशमान सिंह काँग्रेसले लिएका हरेक कदममा विपीसँगै हुन्थे । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव, २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उहा विपीसँगै रहेका थिए ।

२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउने गरेका थिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घचघचाएका थिए । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share