अष्ट्रेलिया, २२ कात्तिक । शैक्षिक परामर्शदाताको दायित्व बिध्यार्थी ल्याउने र कमिशन खाने मात्र होइन ,त्यस भन्दा बढि उनिहरुको भबिष्य र अध्ययनका क्रममा आउने बाधा अडचन फुकाउने महत्वपूर्ण कार्य पनि हो ।
यसो भन्दै गर्दा गुलमोहर इन्टरनेशनल ग्रुपका निर्देशक सुरज श्रेष्ठ निकै भावुक देखिन्थे । उनले परामर्शदाताहरुले आफ्नो दायरालाई फराकिलो बनाउनुपर्ने बेला आएको बताए । हामीले यो सम्मानित पेशालाई थप इमानदारीता र उदारताका साथ अगाडि बढाउनुपर्ने बेला आएको छ , उनले भने ।
यतिखेर बैदेशिक शिक्षाका लागि आवश्यक परामर्श र प्रकृयाका लागि नेपालमा मात्र होइन सम्वन्धित मुलुकका पनि सयौं परामर्शदाता केन्द्रहरु सन्चिालित छन् । त्यसमा पनि थुप्रै प्रवासी नेपालीहरुले यसलाई व्यवसाय बनाउदैं आएका छन् ।
सिड्नीमा रहेको गुलमोहर एजुकेशन एन्ड माइग्रेशन पनि यहाँको बिश्वसनिय केन्द्रका रुपमा चिनिन्छ । गुलमोहरले हालै सिड्नीमा बिध्यार्थीहरुको पढाइ र माइग्रेशनको बिषयमा एक दिने निशुल्क परामर्श कार्यक्रम सन्चालन गरेको छ ।
एशियाका थुप्रै देशबाट बिध्यार्थी सहभागि भएको सो परामर्श कार्यक्रममा बिध्यार्थीको पढाइ, रोजाइ अनि संभावना र स्थायीत्वको प्रकृयाका बिषयमा ब्यापक छलफल भएको थियो ।
कार्यक्रममा गुलमोहरका निर्देशक सुरज श्रेष्ठले कतिपय प्रावधानका बारेमा बिध्यार्थीहरु जानकार नहुँंदा कतिपय सुविधा र सहुलियतवाट बन्चित हुनु परेको कारण गुलमोहरले एक दिने परामर्ह कार्यक्रम सन्चालन गरेको बताए ।
कार्यक्रममा भ्रमण भिषामा आएका ब्यक्तिले समेत अध्यनको मौका पाउने जस्ता बिषय, पीआर र टीआरका बिषयमा ब्यापक चासो ब्यक्त गरिएको थियो ।
कार्यक्रममा गुलमोहरले आफुलाई अलिक फराकिलो बनाउदै शैक्षिक परामर्शसँंगै मोर्गेज र ट्राभल समेत सन्चालन ल्याएको यसका निर्देशक सुरज श्रेष्ठले बताए ।
प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार १३:४५