अस्ट्रेलिया, २२ भदौ । सहाराको सहयोगमा आगामी आइतबार टेम्पेमा बार्बीक्यु सहारा क्लब अस्ट्रेलियाले आफ्नो बार्षिक समारोहमा च्यारीटी बार्बीक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एक वर्ष अगाडि सीड्नीमा स्थापना भएको सहारा क्लब अस्ट्रेलियाले सहारा कलब पोखरालाई सहयोग जुटाउने उद्देस्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागेको यसका संयोजक राजमान थकालीले बताए ।
आइतबार दिउँसो टेम्पे पार्कमा कार्यक्रमको आयोजना गरिन लागेको हो । पछिल्लो वर्ष गठन भएतापनि ठोस कार्य गर्न नसकेको सहारा अस्ट्रेलियाले यस पटक भनृ च्यारीटी बार्बीक्यु र अन्य श्रोतको माध्यमवाट करिब पाँच लाख उठाएर क्लबलाई प्रदान गर्ने लक्ष्य बनाएको संयोजक राजमान थकाली बताउँछन् ।
रेस्टुरेन्टमा बर्षभर जम्मा भएको टिप्सको रकम समेत सहारालाई प्रदान गर्ने निर्णय गरिएको छ । रेस्टुरेन्टका कर्मचारीले समेत सहाराका सामाजिक कार्यमा सहयोग गर्ने बताएपछि राजमानले सहाराको पुन्य कर्मको लागि त्यो टिप्स रकम समेत प्रदान गर्ने निर्णय गरिएको बताए ।
वर्षेनी हात जोडेर मागजुग गर्दा अलि अलि सहयोग त पाइएला तर क्लबलाई दिगो सहयोग गर्न सकिन्न । यसै कारण पनि रेस्टुरेन्टमा वर्षभर जम्मा हुने कम्तिमा करिब तीन लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने मेरो लक्ष्य हो, थकालीले भने ।
मोफसलमा रहेर गरिब, असहाय र टुहुरा बालबालिकालाई समेटेर फुटबल एकेडेमी लगायतका पुन्य कामगर्दै आएको सहारालाई सहयोग गर्न सहारा युके र सहारा हङकङले धेरै पहिलेदेखि च्यारीटी गर्दै आएका छन् । आगामी आइतबार सीड्नीको टम्पेमा सहारा अस्ट्रेलियाले थप सहयोग जुटाउन च्यारीटी बार्बीक्युको पनि आयोजना गर्न लागेको राजमानले बताए ।
राजमानले पहिलो बर्ष भएकोले खासै उल्लेख्य कार्य गर्न नपाएको बताउदै आगामी दिनमा क्लबको सहयोगार्थ अन्य कार्यक्रम समेत गर्ने सोच रहेको बताए ।
प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार ०८:१८