स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै विमल खतिवडा विजयी भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा गोपाल गुरागाईं विजयी भएका छन् ।
द्वितीय उपाध्यक्षमा युवराज घिमिरे र ताराप्रसाद अधिकारी तृतीय उपाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी, लेखा संयोजकमा गङ्गा ढकाल तथा लेखा सदस्यमा कृष्ण दाहाल र पारस आचार्य विजयीभएका छन् ।
यसैगरी कार्यसमितिको दुई महिला सदस्यमा श्रेष्ठ प्यानलकी प्रजिता दङ्गाल र रमा लिम्बू निर्वाचित भएका छन् ।
यसैगरी वस्तुगततर्फ पाँचजना सदस्यमा राजेन्द्र दङ्गाल, भेषराज धमला, ज्ञाननाथ पौडेल, टीका प्रसार्इं र तुलसी दङ्गाल विजयी भएका छन् ।
यस्तै, छजना खुल्ला सदस्यतर्फ नवीनकुमार अग्रवाल, विमल नेपाल, राजु खड्का, दीपेन्द्र ढुङ्गेल, कृष्णराज दाहाल निर्वाचित भएका छन् । सङ्घमा कुल मतदाता दुई हजार ४४८ रहेका थिए । रासस