सुर्खेत, २९ भदौ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेत (नेल्टा) एक्सेस सेन्टर सुर्खेतले वाल दिवसको अवसरमा विद्यार्थीले सिर्जना गरेका विभिन्न सृजनाहरूलाई समेटेर एक्सेस सेन्टरमा एक्सेस भोइस नामक भित्तेपत्रिकाको प्रकाशन गरेका छन् ।
उक्त भित्तेपत्रिकाको उद्घाटन गर्दै नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले नयाँ पुस्तालाई सशक्तिकरण गर्दै आजको युग अनुकुलको नागरिक तयार गर्न नेल्टा सुर्खेतले अँग्रेजी र आइसिटिलाई सशक्तिकरणको प्रमुख साधनको रुपमा लिएको र त्यसका लागि हरेक विद्यालयमा नेल्टा क्लव गठन गर्दै विद्यार्थीलाई अँग्रेजी भाषा र सूचना प्रबिधिको प्रयोग गर्न सक्ने बनाउन सहजीकरण गर्ने बताए ।
उक्त अवसरमा नेल्टा एक्सेस सेन्टर सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने प्रदिप राना क्षेत्री, द्वितीय हुने मदन सापकोटा र तृतीय हुने हरिशरण रावतलाई पुरस्कार वितरण समेत गरिएको थियो । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतले सुरुवात गरेको नेल्टा इन स्कुल अभियान अन्तर्गत गठन गरिएका नेल्टा क्लबहरूले आ-आफ्नो विद्यालयमा बिभिन्न रचनात्मक क्रियाकलापहरू संचालन गरेका छन् ।
श्रीकृष्ण नेल्टा क्लब इत्रामले वाल दिवसको उपलक्ष्यमा वाल अधिकार र दायित्व विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरेको श्रीकृष्ण नेल्टा क्लबका फोकल पर्सन दिपेन्द्र तिवारीले बताए । श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालय इत्रामको प्रांगणमा नेल्टा क्लबको अध्यक्ष्य तुलसी कंडेलको अध्यक्षतामा संचालन गरिएको उक्त वक्तृत्वकला प्रतियोगितामा करिश्मा शाही प्रथम, प्रकाशनाथ योगी द्वितीय, जनक गौतम तृतीय र टिका पाण्डे सान्त्वना भएका छन् ।
त्यसै गरी इगरब्रिज नेल्टा क्लबले कक्षा स्तरीय वादविवाद प्रतियोगिता संचालन गरेको छ । इगारब्रिज नेल्टा क्लबका अध्यक्ष समिर रानाको अध्यक्ष्यतामा सम्पन्न गरिएको उक्त वादविवाद प्रतियोगितामा कक्षा ६ मा दीपशिखा खड्का प्रथम, अस्मिता रावत द्वितीय र सुमित ओली तृतीय, कक्षा ७ मा आयुद पन्त प्रथम, पर्वत रावत द्वितीय र समिर विसी तृतीय, कक्षा ८ मा सन्दिप बि.क. प्रथम, उमेश बराल र दिनेश शाही द्वितीय र आस्था गुरुङ तृतीय र कक्षा ९ मा सिरिश शाही प्रथम, दिपक सिंह ठकुरी तृतीय भएका र उनीहरूलाई इगरब्रिज उमाविको स्रोतबाट पुरस्कार समेत वितरण गरिएको इगरब्रिज नेल्टा क्लबका फोकल पर्सन प्रकाश जैसीले जानकारी दिए ।
त्यसैगरी यज्ञपिस नेल्टा क्लबले पनि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको फोकल पर्सन रमेश खड्काले जानकारी दिए । उनका अनुसार कक्षा ८ का पवित्रा रावत प्रथम, कक्षा ९ का राजन गौतम द्वितीय र कक्षा ७ का भूमिका परियार तृतीय भएका छन् ।
प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार १८:३३