मुगु । विकट हिमाली जिल्ला मुगुमा आजबाट मास्क बैक संचालनमा ल्याईएको छ । लायन्स क्लव अफ मुगु राराको अगुवाईमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गदै मास्क बैक संचालनमा ल्याईएको हो ।
हुनेले दिउँ नहुनेले लिउँ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैक संचालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग बाणिज्य संघ, एनआईसि एसिया बैक, डिप्रोस लघुवित्त, महाकाली नमुना माध्यमिक विद्यालय, सिद्धार्थ नेसनल बोडिङ्ग स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हाम्रो सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लव अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले जानकारी गराउनु भयो ।
गाँउघर, बजार तथा बाटो घाटोमा विना मास्कका मानिसहरुको चहलपहल बढेपछि कोरोना संक्रमणले भहावह अवस्था लिने स्थिति देखिएकाले पैसाको अभावमा मास्कप्रयोग गर्न नसकेका जनतालाई निःशुल्क मास्क दिन र दुई पैसा भएकाहरुले मास्क दान गरुन् भन्ने उद्देश्यले बैक संचालन गरेको लायन्स क्लवले जनाएको छ ।
हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षितगदै बैक संचालन गरेको र सहयोगीदाताहरुको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैक स्थापना गरिने चार्टर प्रेसिडेन्ट मल्लले बताउनु भयो ।
मास्क बैकको उद्घाटन गर्नुहुदै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले सरकारको एग्लो प्रयासले मात्र कारोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा सामाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताउनुभयो उहाँले भन्नुभयो मुगु जिल्लाका जनता गरिव छन यतिसम्मकी सामान्य १० रुपैयाँ पर्ने मास्क किन्न सक्ने अवस्था छैन यसैलार्ई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई निःशुल्कमास्क वितरण गर्ने उद्देश्यका साथ लायन्स क्लवको अगुवाईमा विभिन्न सरकारी तथा सामाजिक संघ सस्थाहरुको सहयोगमा मास्क बैक स्थापना हुनु प्रंशनीय कार्य हो ।
प्रकाशित मिति: १ भाद्र २०७८, मंगलवार २०:५०