काठमाडौ ३१ असार । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेलगत्तै सरकारमा माोवादीको प्रतिनिधित्व गरेका मन्त्रीहरुले संयुक्त राजीनामा दिए ।
मन्त्री पदको शपथ लिएलगतै उनीहरु पुल्चोकस्थित मन्त्री अावासमा बस्दै आएका थिए । अब मन्त्रीबाट राजीनामा दिएपछि उनीहरु कहाँ, कहिले र कसरी डोरा सर्ने भन्नेका लागेका छन् ।
माओवादी मन्त्रीहरुकेा नेतृत्व गरेका टोपबहादु्र रायमाझी सरकारमा उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा थिए । उनी शुक्रबार बेलुकी सातदोबाटोस्थित मन्त्री हुन अगाडिदेखि बस्दै आएको डेरामा सर्ने तयारीमा छन् ।
कृषिमन्त्री रहेका हरिबोल गजुरेल शनिबार मन्त्री क्वाटर छाड्ने तयारीमा छन् । उनी पनि पुरानै डेरा ज्ञानेश्वरमा सर्ने तयारीमा रहेका छन् ।
माओवादीका तर्फबाट सरकारमा सहभागी अर्का मन्त्री हुन् अग्नी सापकोटा । उनलाई भने नयाँ खोज्ने चटारो छ यतिखेर । पुरानो कोठामा आफन्त बसेका कारण उनी नयाँ कोठाको खोजीमा छन् । पेप्सीकोला र एकान्तकुनामा कोठापाएका उनले निर्णय भने आज गर्ने जनाएका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेका शक्तिबहादुर बस्नेत बिहीबार बिहान पुल्चोकस्थित निकास छोडे । उनी मन्त्री हुनु पहिलोदेखि नै भैसेपाटीमा बस्दै आएका थिए । उनले भैंसेपातीमा दुईवटछा फ्ल्याट भडामा लिएका छन् ।
सामान्य प्रसासनमन्त्रीको जिम्मेवारी समाल्ने माओवादी केन्द्रकी मन्त्री रेखा शर्मा उनी पहिले बस्दै आएको मन्त्री क्वाटरनजिककै कोठामा सरेकी छिन् ।
प्रकाशित मिति: ३१ असार २०७३, शुक्रबार ०७:१६