गत असारमै १८ सय ५० नयाँ ट्याक्सी दिने सैद्धान्तिक निर्णय गरे पनि त्यो प्रक्रिया अघि बढ्न सकेको थिएन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चैत २१ गते भूकम्पप्रभावितका लागि बागमती अञ्चलमा १५ सय नयाँ ट्याक्सी दर्ता गर्न दिने प्रक्रिया अघि बढेको हो ।

१५ सय नयाँ ट्याक्सी गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लाका प्रभावितहरुले पाउने छन् ।

यसअघि व्यवसायीको दबाबमा सरकारले भूकम्प प्रभावितका लागि दिने भनिएको ट्याक्सीबारे व्यापाक गुनासो आएको थियो ।तर, यातायात व्यवस्था विभागले भने व्यवस्थापकीय कठिनाई हुने भएकाले केही ढिलाई भएको जनाएको छ ।