अस्ट्रेलिया, २७ भदौ । सीडनीको बजारमा राजमान थकाली सबैको चिरपरिचित नाम हो । थाकखोलाका थकाली जोमसमहुदै पोखरा अनि अस्ट्रेलिया आइपुगेको पनि उनको दुइ दशक बितिसकेको छ । यतिखेर अस्ट्रेलियामा ब्यापार, ब्यवसायमा लागेका राजमान पुरानो साइनोलाई उजिल्याउन चाहन्छन् ।
यसै सन्दर्भमा उनले सोचे पोखरामा रहेर देशकै नमुना बनेको सहाराको होस्टेमा हैसें किन नगर्ने । उनले गत साल यस्तै सोचका साथ सहारा अस्ट्रेलिया स्थापना गरे । सीड्नीमा शैक्षिक परामर्शदाताका रुपमा काम गर्दै आएका राजमानले रेस्टुरेन्ट बिजनेश पनि सन्चालन गरेका छन् ।
सीड्नीमा चल्तीको रेस्टुरेन्ट हो, मुग्लान । राजमानको स्वामित्वमा रहेको यस रेस्टुरेन्टमा बर्षेनी करिब तीन चार हजार डलर टिप्स जम्मा हुन्छ । उनले रेस्टुरेन्टमा काम गर्ने कर्मचारीलाई प्रस्ताव अघि सारे, कामदारलाई बाड्दा एक दुर्इ सय पनि नपुग्ने तर ठोस काम गर्दा देखिने भनेर ।
सबैको सहमतिमा यस पटकको टीप्सको भुँडुल्को वर्षेनी सहारालाई दिने निर्णय भयो । उनको यो नीति र क्लबसँगको माया प्रीतिले भने कम्तीमा क्लबले वर्षेनी तिन चार लाख रुपैयाँ पाउने छ । पछिल्लो वर्ष गठन भएतापनि ठोस कार्य गर्न नसकेको सहारा अस्ट्रेलियाले यस पटक भनृ च्यारीटी बार्बीक्यु र अन्य श्रोतको माध्यमबाट करिब पाँच लाख उठाएर क्लबलाई प्रदान गर्ने लक्ष्य बनाएको संयोजक राजमान थकाली बताउँछन् ।
रेस्टुरेन्टका कर्मचारीले समेत सहाराका सामाजिक कार्यमा आफुहरुपनि सहभागिता जनाउने बताएपछि राजमानले सहाराको पुन्य कर्मको लागि त्यो भुँडुल्को वार्षिक फुटाउने निर्णय गरेको बताए । गत आइतबार सीड्नीको टम्पेमा सहारा अस्ट्रेलियाले थप सहयोग जुटाउन च्यारीटी बार्बीक्युको पनि आयोजना गर्यो । त्यहा राजमानको भुँडुल्की अभियान सुनेर आएका बाल फुटबलर आरोन र आरभ शाक्यले आफ्नो खुत्रुक्की फुटाएर सहारालाई सहयोग गरेका छन् ।
नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका सचिव थानु शाक्यका छोराहरुले आफुले जम्मा गरेको भुडुल्कीको रकम सहारको लागि प्रदान गरेका हुन् । पोखरेली युवाहरु सीतल खाँण, मनोज केसी, किरण बराल लगायतले सहारा अभियानमा सहयोग अभियान अगाडि बढाउने बचनबद्धता प्रकट गरेका थिए ।
प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार १८:०३