मुगु । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतीबाट तत्कालिन संसद विघटन गरिएपछि यस कार्यलाई प्रतिगमनको संज्ञा दिदै विरोध गर्न मुगुका प्रमुखदलहरु एकजुट भएका छन् ।
मंगलबार नेपाली काँगे्रस जिल्ला कार्य समिति मुगुको पार्टी कार्यालयमा बसेको प्रमुख ५ दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट पटक पटक संसदलाई वली बनाई संविधान विपरित कार्य गरेको भन्दै शसक्त रुपमा विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
बैठक नेपाली काँगे्रस जिल्ला कार्य समितिका सभापति खड्क बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख पाटीहरु नेपाली काँगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव–झलनाथ पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित पार्टीहरुका प्रमुखहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेका छन् । पाँच दलद्वारा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ “नेपाली जनताको ७ दशक लामो कठोर आन्दोलन, त्याग र बलिदानीपूर्ण संघर्षबाट स्थापित नेपालको संविधान माथि प्रधानमन्त्री केपी शर्मा वलीले प्रतिनिधि सभा विघटन गरि आघात पुर्याएका छन् । संविधानकोे धारा ७६ को उपधार ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपीशर्मा वलीद्वारा सोहि धाराको ४ बमोजिम विश्वासको मत लिनु पर्ने बाध्यकारी प्रावधान उलंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री हुनुपर्ने सिफारिस राष्ट्रपतीलाई गरियो । संविधानको संरक्षणको दायित्व रहेको राष्ट्रपतीबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिस अनुसार नै १ दिनको समय सिमा समेत दिई वहुमत जुटाउन गरिएको आव्हान आफैमा शंकास्पद रर्यो । राष्ट्रपतिको आव्हान अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली काँगे्रसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागी समर्थन १४९ सांसदहरुको हस्ताक्षार राष्ट्रपती कहाँ बुझाईए पनि राष्ट्रपती र प्रधानमन्त्रीको मिलेमतोमा १५३ जना सांसद मध्य एमालेका केही र जनता समाजवादीका केही सांसदको नक्कली हस्ताक्षर गरि केपीशर्माले पनि प्रधानमन्त्रीको दावी पेश गरेको भन्दै राष्ट्रपतीले संविधान अनुसार छानविन नगरि एकलौटी रुपमा मन्त्री परिषद्को सिफारिसमा संसद विघटन गर्दै आगामी कार्तिक २७ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नु भएको छ । निर्वाचनको घोषणा गरिए पनि वास्तविकतामा प्रधानमन्त्रीले आफ्नो सत्ता लम्वाउने र आफु प्रधानमन्त्रीको कुर्चीमा बसी रहने प्रपंच रचिएको हो ।
यस्तै विज्ञप्तीमा प्रतिनिधी सभालाई रातारात विघटन गर्ने राष्ट्रपती र प्रधानमन्त्रीको असंवैधानिक अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौ पार्टीहरुले भनेका छन् । प्रतिनिधि सभा विघटन गरि मुलुकमा अनिस्चिय, अन्यौल र अराजकता सृजना गर्ने प्रतिगमनकार्यको विरुद्घमा एकजुट भै नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानीबाट स्थापित नेपालको संविधानमा अन्तरनिहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीलोकतन्त्र र नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापुर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनैतिकदल, नागरिक समाज, संचारकर्मी, मानवअधिकारवादी, बुद्घीजिवी, उद्योगीव्यापारी लगायत सम्पूर्ण जनसमुदायहरुलाई हार्दिक अपिल गर्दछौ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाली काँगे्रस सभापति खड्क बहादुर शाही, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष सुकविर बुढा, नेकपाएमाले (माधव–झलनाथपक्ष) का सचिवालय सदस्य पारस मणी मल्ल, जनता समाजवादी पार्टीका अध्यक्ष राजबहादुर भाम र राष्ट्रिय जनमोर्चा मुगुका अध्यक्ष जय बहादुर खड्काले दस्तखत गर्नु भएको छ ।
बैठकले केन्द्रीय सर्कुलर अनुसार जिल्लामा शसक्त आन्दोलन गर्ने, आन्दोनमा आआफना भातृ, जनवर्गिय लगायत अन्य संघ संगठनहरुको व्यापक परिचालन गर्ने र केपीशर्मा वलीको सरकारले गरेका भष्टाचार, अनियमिता, जनविरोधी कार्यको भण्डाफोर गर्ने पनि निर्णय भएको काँगे्रस प्रवक्ता लोकेन्द्र बहादुर शाहीले जानकारी गराउनु भयो ।
प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार ०९:००