काठमाडौं । कोरोनाको प्रकोप बढेसँगै कर्णाली प्रदेशको दैलेख जिल्ला पनि जोखिमपुर्ण रहेको छ । दैलेख जिल्लाका अधिकांश गाउँपालिकाबाट रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गर्दछन् ।
दैलेख जिल्लामा भारतबाट फर्कनेको संख्या बढ्दै गएको तर गाउँपालिका स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामग्री नहुँदा समस्या उत्पन्न भएको कुरालाई मध्य नजर गर्दै दैलेखी सेवा समाज काठमाडाैँ र मनघरी फाउण्डेशन नेपालको अगुवाईमा दैलेख जिल्लामा दोस्रो चरण स्वास्थय सामग्री पठाएको छ ।
पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान गोलब्स र १० बोतल सेनिटाईजर पठाएको थियो ।
त्यसैगरी दोस्रो चरणमा ललितपुर स्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा आनी छोयिंग डोल्मा फाउण्डेशनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई दुई थान पीपीई सेट, सेनीटाईजनर, ग्लोव्स र मास्क (२२ थान) उपलब्ध गराइएको छ ।
प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छोयिंग डोल्मा फाउण्डेशनका अध्यक्ष सुप्रसिद्द गायिका आनी छोयिंग डोल्मा प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दैलेखका सांसद रविन्द्रराज शर्मालाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।
सामग्री पाए लगतै सासद शर्माले भने स्वास्थ्य सामग्री सम्बन्धीत निकायमा तत्कालै पठाउने बताउनु भयो । उहाँले थप सामग्रीका लागि पहल गरिरहेको बताउनु भयो ।
सामग्री प्रदान गर्दै गायिका आनी छोयिंग डोल्माले भन्नुभयो, ‘यस्तो अवस्थमा हातमा हात मिलाउन हामी अगाडी बढेको छौ । हाम्रो सहयोग हेर्दा संख्यामा सानो होला तर संख्यामा भन्दा आत्मबल बढाउन तथा हामी पनि तपाईहरु सँगै छौ भन्ने सन्देश दिन खोजेको हो ।’
राष्ट्र भारतमा रोजागरीको लागि हजारौंको सख्यामा दैलेखबाट जाने गर्दछन् । कोरोनको प्रभाव भए लगतै सयौंको सख्यामा आफ्नो गाउँ फर्की सकेका छन् । तर स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा समस्या भएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताउनुभयो । चेक जाज गर्न समस्या रहेका कारण पुनः आरम्भसँग सहयोग लिएर दैलेख पठाउन लागेको अध्यक्ष थापाले बताउनुभयो ।
प्रारम्भ संस्थाले उपल्ब्ध गराएको सामग्रीले केही राहत मिल्ने दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताउनुभयो । दैलेख जिल्लाका धेरै जसो स्वास्थ्य चौकीहरुमा पीपीई सेट नहुँदा समस्या रहेको थियो ।
पहिलो चरणमा दैलेख जिल्लामा चारवटा नगरपालिका र ७ वटा गाउँपालिकालाई सात सात थान पठाएको र दोस्रो चरणमा दुई दुई थान पठाएको दैलेखी सेवा समाजका विनोद अधिकारीले बताउनु भयो ।
प्राकृतिक प्रकोप र महामारीका बेलामा सक्रिय प्रारम्भ सिंगापुर रेडक्रससँग आबद्ध संस्था हो ।
प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार ०८:१७