काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् भने ३७४ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल तीनहजार ८६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साे संख्यासँगै हालसम्म एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: ५ माघ २०७७, सोमबार १९:१६