काठमाडौं । नेपालमा काेराेना भाइरसका ७१५ जना सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जना सङ्क्रमित थपिएका हुन् । एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २१० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १५ हजार ६१४ जना छन् ।
प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार १९:४६