काठमाडौं । नेपालमा काेराेना भाइरसका ६६७ जना सङ्क्रमित थपिएका छन् । सात हजार २६७ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६७ जना सङ्क्रमित थपिएका हुन् । तीन हजार ४०८ वटा एन्टीजेन परीक्षण गर्दा १३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई सय जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १५ हजार ९४२ जना छन् ।
प्रकाशित मिति: २१ आश्विन २०७८, बिहीबार १९:०५